Shivam

उपप्रधानमन्त्री सिंह स्वदेश फिर्ता

0
Burger

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘सहरहरु निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौं । जलवायु परिवर्तनका कारण सहरहरुमा अति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौं ।’

साथै, उनले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता  रहेको समेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरुमा स्थानिय तहदेखी नै यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदा कामहरु दिगो तरिकाले गर्न सकिने समेत बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।