Shivam

होम लोन लिनेको संख्या बढ्यो

0
Burger
 

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

जुन गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा २८ अर्ब ४० करोड रुपैयाँले बढी हो । गत वर्ष भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए ।

गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको पनि तथ्यांकमा उल्लेख छ । जुन एक वर्षअघिको तुलनामा तीन खर्ब १६ अर्ब दुई करोड ७० लाख रुपैयाँले बढी हो ।

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।जुनगतआर्थिकवर्षकोसोहीअवधिकोतुलनामादुईखर्ब७४अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो ।

विकास बैंकहरुले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन ।जुनगतआवकोसोहीअवधिकोतुलनामादुईअर्ब८४करोड९०लाखरुपैयाँलेबढीहो ।

गत वर्ष भदौ मसान्तसम्म विकास बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।