Shivam

रूपन्देहीमा रविकाे तेस्राे दिन, सरकारी वकिल कार्यालयमा बयान हुँदै

0
Burger

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि  आज बिहान भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लगिएको छ । लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यालय पुर्याएको हो ।

प्रहरीको कडा सुरक्षाबीच लामिछानेलाई सरकारी वकिल कर्यालय लगिएको हो । रुपन्देहीमा मंगलबारदेखि उनको बयान सुरु भएको हो । आज तेस्रो दिन पनि रविको बयान हुने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । यसअघि मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान लागि बयान लिइरहेको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।