Shivam

कोप-२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति

0
Burger

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । शुक्रबार अजरबैजानको भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् ।

कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९)मा सहभागी भइ राष्ट्रपति पौडेल स्वदेश फर्किए । उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु पुगेका थिए ।

राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरे । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्र सङ्घका महासचिवले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।