Shivam

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

0
Burger

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

यससँगै धितोपत्र बोर्डले ११ महिनापछि नेतृत्व पाएको छ । श्रेष्ठ स्याङ्जाका हुन् ।

सेबोनको अध्यक्षका लागि श्रेष्ठसँगै सेबोनका कार्यकारी निर्देशकद्धय डा.नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम सिफारिस गरिएको थियो ।

यद्यपि मन्त्रीपरिषद्ले सन्तोषनारायणलाई सेबोनको अध्यक्षमा नियुक्त गर्‍यो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।