Shivam

लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली सहभागी हुँदै

0
Burger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री रुपन्देही आउन लागेका हुन् ।

विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २८९ विद्यार्थी शुक्रबार दीक्षित हुन लागेको विश्वविद्यालयका उपकुलपति प्राडासुवर्णलाल बज्राचार्यले जानकारी दिए । बज्राचार्यका अनुसार स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् । स्नातकोत्तर तह उत्तीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुनेछन् ।

दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने छ । यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ । विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यका अनुसार विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागेको हो ।

समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन् । प्रधानमन्त्री जाने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।