Shivam

अर्थ समिति सभापति चालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’

0
Burger

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको बताएका हुन् ।
उनले भने, “पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायीक साथीहरूले काम गरिरहनु भएको छ तर त्यो कामबाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।”

चालिसेले विगतका केही चुनौतीपूर्ण घटना क्रमले देशको व्यवसाय क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै त्यसको असर अझै देखिन सकिने पनि बताएका छन् । उनले कोभिड–१९ महामारी, २०७२ सालको विनाशकारी भूकम्प, र त्यतिबेलाको आर्थिक मन्दीले गर्दा व्यवसायले अझै पुरानो लय समात्न नसकेको धारणा व्यक्त गरेका छन् ।

“१६प्रतिशतको ब्याजदर ८ प्रतिशत माझ रहेपनि बैंकहरूमा ऋण लिन कोहीआउन सकेका छैनन। किनभने, कोभिड र भूकम्प जस्ता घटनाले व्यापार व्यवसायथला परेको थियो, जसको प्रभावअझै पनि व्यवसायीक क्षेत्रमा देखिएको छ। पुराना ऋणका बोझले सबैजना समस्यामा छन्। त्यसैले निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन,”उनले भने।

चालिसेले सुधारका लागि आवश्यक नीतिगत परिवर्तन र सहजीकरणको खाँचो रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।

उनका अनुसार, व्यवसायीक क्षेत्रमा अझै सुधारको सम्भावना छ, तर त्यसकालागि सरकारले सहजीकरणको वातावरण तयार पार्नुपर्ने र व्यवसायीहरूलाई थप सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको छ।

सभामा अन्य वक्ताहरूले पनिव्यवसायीक क्षेत्रमा देखिएका चुनौती र त्यसका समाधानका उपायहरू बारे छलफल गरेका थिए। अर्थ समितिका सभापति सन्तोष चालिसेले बजार सुधारन्मुख रहेको बताएका छन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।