बुटवलका मुख्य मुख्य बजार र सडक सिसिटिभि क्यामेराकाे निगरानीमा
बुटवल । बुटवलका मुख्य मुख्य बजार सिसिटिभि क्यामेराकाे निगरानीमा छ । सवारी दुर्घटना न्यूनिकरण, चाेरी चकारी राेकथाम तथा अपराध नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले मुख्य मुख्य बजारमा सिसिटिभि क्यामेरा मार्फत निगरानी बढाएकाे हाे ।
उपमहानगरपालिकाले साेमबारदेखि सिसिटिभि क्यामेराबाट बजार तथा मुख्यमुख्य सडकमा निगरानी गर्न सुरु गरेकाे हाे । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच सिसिटिभि क्यामेरामा कैद गरिएको दृश्य सार्वजनिक गरेर त्यसको शुभारम्भ गर्नुभयाे ।
नगर प्रमुख पाण्डेयले बुटवलकाे सुरक्षा र दुर्घटना न्युनिकरणका लागि बुटवलकाे मुख्य राजमार्ग तथा मुख्य मुख्य बजारलाई लक्षित गरी सिसिटिभि क्यामेरा जडान गरिएको बताउनु भयाे ।
हाललाई बुटवलकाे वडा नं ४, ५, ६ र वडा नं ९ काे बसपार्क क्षेत्रमा १२५ वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । आगामी दिनमा आवश्यकताका आधारमा अन्य ठाउँमा पनि जडान गरिने उहाँले बताउनु भयाे ।सिसिटिभि क्यामेरा जडानपछि बुटवल बजार थप सुरक्षित हुनुका साथै दुर्घटना न्युनिकरणमा समेत महत्त्वपूर्ण भुमिका रहने भन्दै उहाँलेे यसले चाेरी, डकैती, लुटपाट तथा अन्य अपराध अनुसन्धानमा समेत सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयाे । उहाले यसकाे समुचित उपयोगका लागि प्रहरी र ट्राफिक प्रहरीकाे सहकार्य जरुरी रहेकोमा बताउनु भयाे ।
नगर क्षेत्रमा धेरै क्यामेरा जडान भएकाे स्किनमा नअटाउने भएकाले भिएमएस प्रणालीकाे क्यामेरा जडान गरिएकाे छ । क्यमेराबाट कैद भएका दृश्य स्टाेरेजका लागि गृहमन्त्रालयकाे निर्देशिका अनुसार जान खाेजिएकाे पनि बुटवल उपमहानगरपालिकाका उपनिर्देशक राेषनकुमार रेग्मीले जानकारी गराउनु भयाे ।
चालु आर्थिक बर्षकाे बार्षिक बजेटबाट करिब ५२ लाखको लागतमा सिसिटिभि क्यामेरा जडान गरिएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गाैतम राैनियारले जानकारी दिनुभयाे ।