Shivam

कोशीका पूर्वमन्त्री अधिकारीबारे दरपिठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै

0
Burger

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिला बल्लभ अधिकारी विरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालय विरुद्धको रिट दरपिठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
जापानमा मानव तस्करी काण्डमा जोडिए पछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जना विरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अधिकारी सहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएता पनि उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।