कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सुरु
बुटवल । देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिकानगर स्थित सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
बार्षिकाेत्सव शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले शैक्षिक विकासमा गरेको प्रगतिबाट अन्य विद्यालयहरूले पनि पाठ सिक्न जरुरी रहेको बताए ।
शिक्षाका साथै खेलकुलकाे क्षेत्रमा समेत कालिकाले उल्लेख्य प्रगति गरेको भन्दै उनलेे यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमणीत गरेको बताए ।
उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’
कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै उनलेे त्यसका लागि स्थानीय,प्रदेश र संघीय सरकारले पनि वातावरण बनाउनुपर्नेमा जाेड दिए ।
विद्यालयकाे शैक्षिक सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको सामुहिक प्रयास जरुरी रहेको बताए ।
उनलेे नीजी स्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने समेत बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताउँदै खेलकुदको क्षेत्रमा विद्यलायले गरेको लगानी सह्रासनीय भएको बताए । उनले खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने गरी अगाडी बढाएको बताए । सामुदायिक विद्यायले खेलकुदका गतिविधिहरुको अगाडी बढाउनको लागि विद्यालय देखि नै योजना बनाएर अगाडी बढ्नुपर्नेमा जाेड दिए । खेलकुद एकताको प्रतिक भएको भन्दै उनले खेलकुदले देशलाई चिनाउन मद्दत गर्ने बताए ।
मदन भण्डारी स्पोट्स एकेडमीका अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विधालाई अनितरित्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताए । अवको दिन खेलदकुल बाँच्नको लागि मात्रै नभएर कमाउन,रमाउनको र समृद्धिको लागि खेलकुद अवको नारा हुुनुपर्ने बताएका थिए ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भएको भन्दै कालिका मानवज्ञान मावि आफैमा महत्पूर्ण मन्दिर भएको बताए ।
कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेलले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान मावि अब्बल सावित हुँदै आएकाे बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हाल सम्मको अवस्थाको लागि सम्पूर्ण पुर् शिक्षक, पुर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उनले सबैको साथ र सहयोग सदैध सकारात्मक रहेको बताए । विद्यालयको खेलकुल, शैक्षिक गतिविधी सबैमा सहयोगी निकाय तालुक अड्डाबाट सहयोग प्राप्त हुँदै आएको बताए ।
उनले विद्यालयले खेलकुद गतिविधीलाई राष्ट्रिय देखि अन्तारष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको बताएका थिए । उनले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको बताएका थिए ।
उनले हाल १३ जना राष्ट्रिय खेलाडीमा विद्यार्थीहरु कालिका माविबाट नै खेल्दै आएको बताए । उनले क्रिकेट, भलिवल, फुटवल लगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताएका थिए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिका कपको निरन्तरता एउटा उदाहरण भएको समेत बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समय देखि शैक्षिक वातावारण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताए ।