Shivam

रवि लामिछाने सहित ३१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

0
Burger

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा विभिन्न तीन वटा कसुरमा आइतबार मुद्दा दर्ता भएको छ ।

उनी विरुद्ध सहकारी ठगी संगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्धा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी सहित ३१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको हो ।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध पूरक अभियोग दर्ता गरेको थियो।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।