भुसाल सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा रामचन्द्र
बुटवल । बाझकटेरी(मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनवाट पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसमतीमा चयन भएको छ ।
समाजको उपाध्यक्षमा कमल प्रकाश भुसाल, सचिवमा बावुराम भुसाल कोषाध्यक्षमा पुस्कर भुसाल र सह सचिवमा सरस्बती भुसाल चयन हुनु भएको छ ।त्यस्तै समाजको सदस्यमा विमला केसी भुसाल, दिनेश भुसाल ,मीरा भुसाल ,विवेक भुसाल रामचन्द्र भुसाल चयन हुनु भएको निर्वाचन समितीका संयोजक यमलाल भुसालले बताउनु भयो ।
समाजको लेखा समिती संयोजकमा तुल्सी प्रसाद भुसाल र सदस्यमा विष्णु शंकर भुसाल र सुरज भुसाल चयन हुनु भएको छ । त्यस अघि साधारण सभाको उद्घाटन समारोहमावोल्दै समाजका संस्थापक अध्यक्ष हिमालय भुसालले संस्थालाई जन्म दिदा जुन उद्देश्य र लक्ष्य लिईएको थियो सोही अनुुसार संस्था अगाडी बढेको र समाजले रुपन्देहीमा रहेका मदानेमा जन्म भै कर्मथलोको रुपमा कार्य गदै गरेकाहरुको कामको सराहना गर्नु भयो ।
उहाँले भुसालहरुले नेपाल सरकारको निजामतीका क्षेत्रमा गरेको योगदानवाट प्राप्त उपलब्धीलाई जन्म स्थानमा केही भएपनि लगाउन आह्वान गर्नु भयो । रामचन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार ज्ञान कुमारी भुसाल, भक्तिराम भुसाल, समाज सेवी महेन्द्र भुसाल कमल प्रकाश भुसाल अर्जुन भुसाल हिमाल भुसाल , बावुराम भुसाल लगायतले समाजले गरेका उल्लेखनीय कार्य समाजको महत्व बढदै गएको धारणा राख्नु भएको थियो ।