राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीले भने- “पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रूपन्देहीमा किर्ते कार्यक्रम गरे”
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंसी मगरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूपन्देहीमा आएर किर्ते कार्यक्रम गरेको बताएका छन् ।
आइतबार राष्ट्रिय जनमुक्ति पार्टी बागलुङ-पर्वत-स्याङ्जा-गुल्मी-पाल्पा-तराई सम्पर्क मञ्चद्वारा बुटवलमा आयोजित
मैत्रेय मिलन एवम् पुनर्ताजगी कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले केही दिनअघि रूपन्देहीको तिलाेत्तमामा पार्टी समायोजनकाे नाउँमा किर्ते कार्यक्रम गरेको बताएका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टीमा कुनै फरक विचार समुह नभएको भन्दै उनलेे दुई पटक सम्म देशको प्रधानमन्त्री भएको ब्यक्ति प्रचण्डले जनमुक्ति पार्टीकाे अग्रगामी बिचार समुहसँग पार्टी समायोजन भन्ने ब्यानरमा कार्यक्रम गर्नु किर्ते बाहेक केही नभएको दाबी गरे । उनलेे किर्ते कार्यक्रम गर्दै भ्रम फैलाउदै हिड्ने ब्यक्तिले देश चलाउन सक्छ ? भनि प्रश्न गरे ।
अबको निर्वाचनबाट केन्द्रमा राष्ट्रिय जनमुक्ति पार्टीले जसलाई समर्थन गर्याे उसकाे सरकार बन्ने र समर्थन फिर्ता लिए सरकार ढल्ने शक्तिको रूपमा स्थापित हुने बताउदै कार्यकारी अध्यक्ष सुर्यवंशीले आगामी निर्वाचनपछि लुम्बिनी प्रदेशमा जनमुक्ति पार्टीको नेतृत्वमा सरकार बन्ने दाबीसमेत गरे ।
स्थापनाकाे ३४/३५ बर्ष सत्ताबिहीन भएर पनि पार्टीले ४० जिल्लामा चुनाव लड्न सक्ने हैसियत बनाएकाे भन्दै उनलेे भ्रष्टाचारको अन्त्य र मुलुक कसरी समृद्ध बन्न सक्छ भन्ने बारेमा जनमुक्ति पार्टीसँग राम्रो ज्ञान र अनुभव रहेको उल्लेख गरे ।
मुलुकमा संघीयता,समावेशीकरण,धर्म निरपेक्षता र सिमान्तकृत तथा पछाडि परेका समुदायलाई आरक्षणकाे एजेन्डा उठाउने पहिलो पार्टी जनमुक्ति पार्टी भएको दाबी गर्दै पार्टीले अब हस्तक्षेपकारी भुमिका निभाउने बताए ।
२०४७ सालमा तत्कालीन मधेसवादी दल सद्भावना पार्टीले राजधानी काठमाडौंमा प्रदर्शन गर्ने क्रममा भएको दमनको बिराेधमा विज्ञप्ति निकाल्ने र माओवादीलाई आतंककारी घाेषणा गरेर सेना परिचालन गर्ने सरकारकाे निर्णयकाे बिराेधमा विज्ञप्ति जारी गर्ने एकमात्र पार्टी जनमुक्ति पार्टी भएको स्मरण गर्दै उनलेे आगामी निर्वाचनबाट देशकै निर्णायक शक्तिको रूपमा स्थापित हुने बिश्वास ब्यक्त गरे ।
उनलेे पार्टीमा निस्वार्थ रूपमा याेगदान दिने याेद्वाहरूलाई सम्मान गर्न पाउदा आफु सम्मानित भएको महसुस भएको बताए ।
साे अवसरमा बिगत तीन दशकदेखि पार्टीका बिभिन्न पदमा रहेर वा नरहेर याेगदान दिएका नेता कार्यकर्ताहरूलाई सम्मान गरिनुका साथै हाजिरी जवाफ प्रतियोगिता,मुक्तक तथा कविता वाचन एवम् गित तथा नृत्य प्रस्तुति रहेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य तथा पार्टीका बागलुङ-पर्वत-स्याङ्जा-गुल्मी-पाल्पा-तराई सम्पर्क मञ्च समन्वय समिति प्रमुख हरिदेव थापाकाे अध्यक्षता र पार्टीका कार्यकारी अध्यक्ष सुर्यवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सहसंयाेजक धनी आले,
जनमुक्ति युवा संघका सचिव डिबी थापालगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए ।