Shivam

पाणिनीमा विपन्न, जेष्ठ नागरिककालागि श्रवण शक्ति परीक्षण शिविर

0
Burger

अर्घाखाँची । कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाइ लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो । 

नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य, डाक्टर विद्वान भुसाल लगायतको स्वास्थ्कर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए । शिविर कान नसुन्ने, बृद्धबृद्धा र विपन्न नागरिकलाइ लाभ दायक रहेको र प्रत्यक्ष फाइदाजनक भएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो ।
पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले पानसमा दीप प्रजवलन गरी उद्धाटन गर्नु भएको थियो ।
स्वास्थ्य शिविरले कानको रुवण शक्ति गुमाएका बृद्धबृद्धाहरुलाइ ठुलो सहयोग पुग्ने बताउदै नागरिकलाइ निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको बताउनुभयो ।
भौतीक पुर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा दिन सबैलाइ आग्रह गर्दै यस्ता खालका जनताले प्रतयक्ष लाभ पाउने कार्यक्रमहरु सञ्चालन गर्न सबै सरकारहरु लाग्नु पर्ने बताउनु भएको छ ।
शिविरको उद्धाटन समारोह गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्य र राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । निःशुल्क शिविरमा १९२ जनाले सेवा लिएका थिए । शिविरले विपन्नताका आधारमा ७ जना विरामी लाई निःशुल्क रूपमा कान सुन्ने मेसिन प्रधान गरेको छ ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।