सेयर बजार १४ अंकले उक्लियो, कारोबार रकममा वृद्धि
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमाउक्लिएको छ। बजारमा कारोबार रकममापनिथोरै वृद्धिभएको छ।
कुल३१२कम्पनीका १ करोड २७लाख ४६ हजार कित्ता सेयर खरिदबिक्रीभई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो।
मंगलबार कारोबार भएकामध्ये १६७कम्पनीको सेयर मूल्यमा वृद्धिभएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्यस्थिर रह्यो। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिकलघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमकाहिसाबले जानकीफाइनान्स शीर्ष स्थानमारहँदै २० करोड ७लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रीभएको छ।
उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमामात्रगिरावटआयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन्। विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचककरिब २ प्रतिशतले बढ्न सफलभएको छ ।