Shivam

पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे

0
Burger

काठमाडौं । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालको हरेक ठाउँहरु पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए ।

उनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरु प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरु समयमै सम्पन्न गर्न नसकिएको बताए ।

उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । उनले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए ।

उनले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताए । उनले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत बताए ।

उनले पर्यटन प्रवद्र्धन गर्नको लागि सरोकारवाला सबै निकायहरुले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।