Shivam

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक

0
Burger

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेबाट सुरु हुने भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने जानकारी पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले दिएका छन् । यसअघि सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष दाहालले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

बैठकको सुरुवातमा अध्यक्ष ले हालको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकको सञ्चालन प्रक्रिया तय गर्न आज बिहान स्थायी समिति बैठक बसेको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक सदस्य, तीन आयोगका ७५ सदस्य, सात भौगोलिक तथा तीन गैरभौगोलिक प्रदेशका १०० भन्दा बढी पदाधिकारी गरी कुल एक सय २५ जनाको सहभागिता हुनेछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।