कांग्रेस र एमाले इमानदार सहयात्री हुन्, सरकार ढल्दैन : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार पुरा कार्यकाल चल्ने बताएका छन्उनले नेपाली कांग्रेस नेकपा एमालेको गठबन्धन आउने चुनावसम्म कायम रहने बताएका हुन् ।आइतबार धरानको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिलेको गठबन्धनको विकल्प नभएको बताए ।उनले सरकार गठनका बेला भएको सहमतिअनुसार नै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।।उनले सरकार गठनअघि भएको सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे ।सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिलेसँगै सरकारमा रहेर काम गरिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने ।