Shivam

कास्की अदालतमा रविको पक्षमा बहस, होला त नयाँ तथ्य सार्वजनिक ?

0
Burger

काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

आइतबार गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापाले अदालतमा बहस गरेका छन् । जोशीका कानुन व्यवसायीले सहकारी प्रकरणमा जोशीको कुनै संलग्नता नरहेको र सहकारीको जिम्मेवारी सञ्चालक समितिले मात्र लिनुपर्ने तर्क गरेका छन् । थापाले मुद्दा दायर गर्दा हद म्याद नाघेको र नयाँ तथ्य कुनै पनि बेला बाहिर नआएको दाबी गरे ।

न्यायाधीश नीतिज राईको इजलासमा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो । जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, अधिवक्ता अपूर्व खतिवडा, र गणेशबहादुर भट्टराईले शुक्रबार बहस गरेका थिए । आइतबार शम्भू थापाले आफ्नो बहस पूरा गरे ।

अदालतका श्रेस्तेदार राजन खनालका अनुसार आजबाट लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस थाल्नेछन् । लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, हरि सुवेदी, डा. नारायण घिमिरे लगायत अन्य कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।

लामिछानेपछिका आरोपितहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका कानुन व्यवसायीले पनि अदालतमा बहस गर्नेछन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।