सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथा पुजीगत रकम खर्चलाई तिव्रता दिएको छ । पुजीगत बजेटको लक्ष्य हासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहीले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए ।
पालीकाहरुमा खासगरी समयमै ठेक्का नखोल्ने र बिभिीन बहानामा बजेट फ्रीज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्र्धानगरले आर्थीबर्षको सुरुवात देखीनै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताउनुभयो । नगरपालिकामा चालु आर्थीक बर्षमा पुर्वाधार बिकास शाखामा मात्रै उनसाठ्ठी योजना कार्यन्यनको चरणमा रहेका छन् । नगरपालीकाका पुर्वाधार बिकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यि सवै निमार्ण तर्फका योजना हुन । योजनाहरु नगरका १३ बटै बडामा सचांलनमा रहेका छन् ।
खासगरी सडक, ढल, नाला, भवन निमार्ण तर्फका योजनाहरु कार्यन्वयनमा आएका हुन् । जसमध्ये वडा नं ३ मा रहेको अधुरो टेकवाण्दो भवनमा थप पुर्वाधार निमार्ण, वडा नं ३ मा रहेको बस पार्कको स्तरउन्नती र वडा नं ११ मा बन्न लागेको कान्जी हाउस, सवदाहस्थल र पार्क निमार्ण रहेका छन् । कान्जि हाउसमा छाडा पशुचौपायकालागी सेड र सवदाह स्थल तर्फ मलामि बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निमार्ण गरीने छ ।
त्यस्तै नगरका बिभीन्न बडालाई जोडेर ६ दशमलव ५ किलोमिटर एकतर्फी नाला निमार्ण हुदै छ । सडक तर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निमार्ण हुदै छ । सडक तर्फ आरसिसी सडक पनि निमार्ण हुदै छ । सार्वजनिक सम्पक्ती संरक्षणको लागी १ सय ४० मिटर लामो पर्खाल निमार्ण पनि यसै बर्ष गरिदै छ ।
बिद्यालय तर्फ बडा नं २ मा रहेको बहिराबाल माध्यमिक बिद्यालयमा चारकोठो भवनको तल्ला थप, वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक बिद्यालयमा चार कोठे भवनको छत ढलान, बडा नं ११ स्थित भुजौली प्रावीमा तिन कोठे तला थप्ने काम पनि धमाधम भैरहेको छ । त्यस्तै बडा नं १० मा रहेको सुर्यदेव माध्यमीक बिद्यालयमा दुई कोठे भवनको छत ढलान, बडा नं २ मा रहेको मेउडीहवा आधारभुत विद्यालयमा सौचालय निमार्ण, बडा नं ८ मा रहेको लिलाराम माध्यमिक विद्यालयमा पनि सौचालय निमार्णको काम भैरहेको छ ।