एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु
२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । सबै केन्द्रीय सदस्यहरूलाई प्रतिवेदनमाथि बोल्न तीन तीन मिनेटको समय दिइएको छ ।