Shivam

जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल हो : सभामुख घिमिरे

0
Burger

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका हुन् ।

उनले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गरे ।

उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए ।

जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए । लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए ।

सभामुख घिमिरेले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरू हुन्छन् । दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतहरूलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्‍याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ । तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आफ्नो–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।