सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सामानहरूको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उद्देश्य सहित शोरुम संचालन गरिएको छ ।
दक्ष र अनुभवी Sales Person हरू बाट यहाँ भएका बिधुतिय सामग्रीहरूको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशत सम्मको विशेष छुट पाउन सक्नेछन् ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य रहेको छ ।
नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकहरूले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।
नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer, र Loyalty Points जस्ता सुविधाहरू पनि समावेश रहेका छन् ।
यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।