Shivam

आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला

0
Burger

 बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न लागिएकाे हाे ।
तीनदिनसम्म सञ्चालन गरिने मेलाकाे तयारी पूरा भएकाे आईतबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयाे । ‘नेपाली मौलिक कला संस्कृति र रैथाने खानाका परिकारहरु हाम्रो शान, शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन गरिने खाना महोत्सव तथा माघेसक्रान्ति मेलामा स्थानीय तथा विभिन्न जातजातीका साँस्कृतिक पहिचानका परिकारहरु, पाल्पाको पहिचान जोडिएको चुकाउनी, बटुक लगायत रैथाने खानाका परिकार पस्किने उहाँले बताउनु भयाे ।
तीनदिनसम्म सञ्चालन गरिने खाना महोत्सव तथा माघेसक्रान्ति मेलामा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । विविध साँस्कृतिक कार्यक्रममा विभिन्न जातजाती थारु, मगर, नेवार, भजनकिर्तन जस्ता विविधता दिने सांस्कृतिक कार्यक्रम सहित स्थानीय तथा राष्ट्रिय कलाकाहरुको प्रस्तुती रहनेछ भने डिजे र स्थानीय दोहोरी साँझ तथा कला केन्द्रहरुका कलाकारहरुकाे प्रस्तुती रहने संघका महासचिव अर्जुन थापाले जानकारी गराउनुभयो ।
बुटवल खाना महोत्सव तथा माघे सक्रान्ति मेलालाई स्थानीय सबै संघसंस्थाहरुको समेत अपनत्व हुनेगरी तयारी गरिएको छ । त्यसका लागि संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद खनालले समन्वय गर्नुभएकाे छ ।
संघका महासचिव अर्जुन थापाका अनुसार मेलामा सागर डिष्ट्रिलरि (रोयल ब्लु) मुख्य प्रायाेजन र  गोर्खा ब्रुअरीको सहप्रायोजन गरेका छन् ।
२०७५ सालदेखि सडक खाना महोत्सव गर्दै आएकाे छ । तर याे पटक अंग्रेजी नयाँ वर्ष र माघे सक्रान्तिलाई समेत लक्षित गरेर मेलाकाे तयारी गरिएकाे उहाँले बताउनु भयाे । महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने छ ।
बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेलालाई प्रचारप्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतिस्पर्धा गराईने छ । न्यूनतम ५ हजार फ्लाेअर्स भएका टिकटकरलाई प्रतिस्पर्धामा सहभागी गराईने र उत्कृष्ट एक जनालाई पुरस्कृत गरिने छ । माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको व्यवस्था गरिने छ । त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रया, रक्तदान तथा स्वस्थ्य शिविर गरिने मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले जानकारी गराउनु भयाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।