Shivam

न्यानो कपडाको अभावमा पशुपति मा.वि.का विद्यार्थी विद्यालयनै जाँदैनन्

दलित बस्ती भित्रको पशुपति मा.वि स्कुल

0
Burger

बुटवल । रुपन्देही सदरमुकाम भेरहवाबाट झण्डै ११ किलोमिटर पुर्व हुलाकी राजमार्गबाट दुई किलोमिटर भित्र पर्सा गाउँ छ । रोहीणी गाउँपालिका वडा नम्बर ६ मा रहेको यो गाउँमा ९५ प्रतिशत स्थानियहरु दलित समुदायका छन् । आर्थिक रुपमा कमजोर र मजदुरी गरेर जिवन यापन गर्ने अभिभावकका छात्र÷छात्राहरु पढ्ने विद्यालय हो , पशुपती माद्यमिक विद्यालय ।

विगत केही साता देखि बढेको सितलहर र कठाङग्रीने चिसोले गर्दा विद्यार्थी विद्यालय आउनै छाडेका छन् । आएका पनि जाडोले आत्तिने गरेका छन् । विद्यालयको भौतिक पुर्वाधर निकै कमजोर अवस्थामा छ भने त्यो भन्दा दयनीय अवस्था अभिभावकहरुको छ ।

बालवालिकाहरुका लागि जाडोमा लगाउने लत्ताकपडा नहुँदा विद्यालय पुठाउन कष्ठकर समस्या भैरहेको अभिभावक गिलासी हरिजनले बताइन् । उनले विद्यालयका पूर्वाधार कम रहेकोले विद्यालयको कक्षामा जाडोले बालवालिका आत्तिने गरेको बताईन् । “चिसो निकै छ ,केटाकेटी विद्यालय जानै मान्दैनन् ” उनले भनिन् , “न्याने कपडा किनिदेने हाम्रो क्षमतानै छैन ।”

गिलासीका जस्तै निर्मला हरिजनको छोरा पनि चिसोमा विद्यालय जान मान्दैनन् । विद्यालयमा झ्याल ढोका समेत राम्रो नभएको र आफहरुले पनि राम्रा कपडा किनिदिन समस्या रहेकोले चिसोमा विद्यालयमा भन्दा घरमै बच्च सुरक्षित हुने भन्दै उनले आफूले विद्यालयमा पठाउन नसकेको बताइन ।

रुपन्देही जस्तो सुबिधा सम्पन्न जिल्लामा पनि न्यानो कपडाको अभावमा विद्यार्थी विद्यालय जान समस्या भएको घटना निकै पिडादायक देखिन्छ । विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थी मध्ये ९५ प्रतिशत विद्यार्थी दलित समुदाय र गरिब परिवारका रहेको विद्यालयका प्रधानाध्यपक शिव कुमार भरले बताए । उनले गाउँपालिका भरी १५वटा सामुदायीक विद्यालय संचालनमा रहेको तर सबैभन्दा समस्यामा रहेको विद्यालय पशुपती मावि बनेको बताए ।

रुपन्देहीको सीमाबती क्षेत्रमा संचालित पशुपती माविमा अध्ययन गर्ने विद्यार्थीहरु न्यानो कपडाको अभावमा विद्यालय जान समस्या परेपछि विद्यालय व्यवस्थापन समितिले दाताको खोजी गरिरहेको विद्यालय व्यवस्थान पनि समितिका अध्यक्ष नार्गेन्द्र प्रसाद धवलले बताए । उनले पारिवारीक रुपमा गरिबी भएकाले अभिभावकहरुले न्यानो कपडा खरिद गर्न नसक्दा विद्यार्थीलाई विद्यालयसम्म ल्याउन समस्या भएको र दाताहरुको खोजी भैरहेको बताए ।

विसं २०४७ सालमा स्थापना भएको यस विद्यालयमा यसै चालु शैक्षिक सत्रवाट कक्षा १० को अनुमती प्राप्त गरि अध्यापन हुदै आएको छ । तर अध्यापन गराउने अनुमती माविको भएपनि शिक्षक दरबन्दी एउटा पनि मावि तहको छैन । विद्यालयमा वालविकास तर्फका ५३ जना गरी कुल ४०२ जना विद्यार्थी अध्ययनरत रहेका छन ।

मावि सम्म संचालित विद्यालयमा ५ जना प्राविका स्थायी शिक्षक, २ जना प्राविकै राहात शिक्षक १ जना निमाविको स्थायी शिक्षक ३ जना पालिकावाट अनुदानका शिक्षक १ जना संघिय अनुदानका २ जना पालिकाका वालविकास सहजकर्ता र एक जना कार्यालय सहयोगीका भरमा विद्यालय संचालन भैरहेको छ । विद्यालयका समस्या समाधानमा स्थानिय सरकार रोहीणी गाउँपालिकाले समेत यस विद्यालयमा वेवास्था गर्दै आएको छ । यस्तो हुनुमा विद्यालय व्यवस्थापन समिती र पालिकाको नेतृत्व बीचको राजनैतिक तालमेल नहुदा समस्या हुने गरेको बताइन्छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।