Shivam

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताबाट आक्रमण प्रयास

0
Burger

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।

बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् ।

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।  आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।