Shivam

जि ट्वान्टी फाइभ क्लवको सातौँ साधारण सभा सम्पन्न , क्लबले राम्रो काम गरेको भन्द्रै प्रशंसा

0
Burger

बुटवल । जि ट्वान्टी फाइभ क्लव ,बुटवल ११ रूपन्देहीको सातौँ साधारण सभा सम्पन्न भएको छ । सोमबार आयोजना गरिएको साधारण सभाको बुटवल उपमहानगरपालिका वडा नं.११का वडा अध्यक्ष रामचन्द्र खनालले उद्घाटन गरेका थिए ।

वडा अध्यक्ष खनालले क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए । उनले युवाहरु एकजुट भएर क्लबमार्फत सामाजिक कार्यमा जुट्दा समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।

यस्तै , कार्यक्रममा बोल्दै उद्योगपति एवं समाजसेवी चुन्नु पौडेलले बुटवलमा युवाहरूले चलाएका क्लव मध्येमा जि ट्वान्टिफाइभ उत्कृष्ट रहेको बताए ।

अध्यक्ष जगदिश न्यौपानेले क्लबले गरेका विगतका कामहरु र भावि दिनमा गर्ने कार्य योजना सहितको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष न्यौपानेले अव निकट भविश्यमा कृषि पर्यटन,सहकारीक्षेत्रमा लगानि गरेर आर्थिक समृध्दिका लागि अगाडी बढ्ने बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा सहयोगि संघ संस्था र ब्याक्तिलाइ सम्मान समेत गिएको थियो । क्लबका महासचिव किशोर पंगेनीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष मदन पौडेल,चौपारि टोल बिकास समितिका अध्यक्ष अर्जुन कुवर, क्लवका संस्थापक अध्यक्ष रमेश जोशी,सल्लाहाकार हुमराज बस्याल,कोषाध्यक्ष भोजराज अर्याल लगायतको मन्तव्य रहेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।