Shivam

आशिका तामाङ लाई पाँच दिन हिरासतमा राख्न अनुमति

0
Burger

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा बुधवार तामाङलाई पक्राउ गरिएको थियो । तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले जानकारी दिए ।

‘हामीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित प्राप्त भएको छ,’उनले भने, ‘आशिका तामाङलाई बुधवार पक्राउ गरेर अनुसन्धान अगाडी बढाएका छौँ ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।