रविको हिरासतभित्रको तस्बीर खिच्ने डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । डा. निकोलश भुषाल ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्ने डा. भुषाल ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुषाललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । साइबर अपराधको कसुरमा बिहीबार दोस्रो पटक पक्राउ परेका उनीविरुद्ध शुक्रबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यसअघि भुषाल गत पुस ७ गते पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत कास्कीले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो ।
