न्यू होराइजन मा वि बुटवलकाे ३५ औँ बार्षिकोत्सवमा भाेजन दान


बुटवल । न्यू होराइजन मा वि बुटवलले ३५ औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशील संस्था नेपाल, तिलोत्तमा आश्रित ३१ जना बालबालिकाहरूलाई विद्यालय परिसरमै होटल म्यानेजमेन्टका बिद्यार्थीहरू द्वारा तयार गरिएको खाजा खाना भोजन गराईयो ।
बिद्यार्थीहरूले बालबालिकासँग हामी भनेर केही मनोरन्जनात्मक खेलहरू आयोजना गरी बिजेतालाई पुरस्कृत गरेका थिए ।
कार्यक्रमको लागी संस्थाकी अध्यक्ष बिजु पौडेल महासचिव कल्पना ढकाल , कोषाध्यक्ष खुमा थापा र कार्यसमिती सदस्य सबिना ज्ञवाली अनी आश्रमका सुपरिटेन्डेन्ट बिनोद बालबालिकाहरूसँगा उपस्थित भई अध्यक्षले न्यू होराईजन प्रति आभार व्यक्त तथा न्यू होराईजनका तर्फबाट उपप्राचार्यहरू बालकृष्ण भण्डारी, बासुदेव अर्याल राजिव श्रेष्ठले बोल्नुभयो , होटल म्यानेजमेन्ट प्राध्यापक बेनी थापा र कमल पुन ले कार्यक्रमको व्यवस्थापन गर्नु भयो ।
बालबालीकाहरूलाई मायाको चिनो स्वरूप कपिहरू प्रदान गरिएको थियो
