जनमत पार्टी रुपन्देही कार्यालयमा दिप प्रज्वलन गरी मनाईयो बलिदानी दिवस


भैरहवा । बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देहीले पार्टी कार्यालय भैरहवामा दिप प्रज्वलन गरेको छ ।
मधेश आन्दोलन तथा देशका विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा शहिद भएका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा पार्टी कार्यालय भैरहवामा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुबाट दिप प्रज्वलन गरिएको जनमत पार्टी रुपन्देहीका इन्चार्ज रामकेश गुप्ताले बताए ।
जनमत पार्टीले माघ ५ गते देशै भरी बलिदानी दिवस मनाउने घोषणा गरे अनुरुप दिवस मनाइएको हो । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुुख उपस्थितीमा जनमत पार्टी रुपन्देहीले भैरहवामा बलिदानी दिवस मनाएको हो ।
राष्ट्रिय सचिव यादवले मधेश आन्दोलनका शहिदको सम्मानमा बलिदानी दिवस मनाएको बताए । मधेश आन्दोलनका शहिदको तस्बिरमा दीप प्रज्वलन गरी दिवस मनाएको यादवले बताए । उनले जनमत पार्टीले सबै वडाहरुमा दिवस मनाएको समेत जानकारी दिए ।
डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम शहिद राम मनोहर यादव सहित विभिन्न आन्दोलनमा शहिद भएकाहरुको सम्झानामा आज देशै भरि जनमत पार्टीले बलिदानी दिवस मनाएको हो ।

