साथीको गोली हानी हत्या गरेको आरोपमा दुई युवक पक्राउ

दाङ । दाङमा शिकार खेल्न जाँदा लडेर मृत्यु भएको भनिएका एक युवाको हत्या भएको खुलेको छ । जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।