Shivam

भारत रेल दुर्घटनाका मृतक ४ नेपालीको परिचय खुल्यो

0
Burger

 

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार मृतकमध्ये चार जना नेपाली रहेको खुलेको छ । दुर्घटनामा परी लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्माको मृत्यु भएको हो ।

बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले कुल्चिदा दुर्घटना भएको हो ।

दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।