Shivam

व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ : प्रदीप पौडेल

0
Burger

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव रहेको बताएका छन्

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भए मात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गरे ।

उनले भने, ‘एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन बिताउन सक्दैन । विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।’ स्वस्थ मानिस मात्रै सुखी हुने बताउँदै मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुनका लागि आहारव्यहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउनसकेको अवस्था छैन । स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरुरी छ ।’

मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी भएको बताए । उनले भने, ‘कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन, नजानेर व्यक्ति रोगी हुन्छ । त्यसैले सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरुरी छ ।’ मन्त्री पौडेलले विद्यालय स्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने बताउँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरुद्ध एचपिभी खोप अभियान सुरु गर्न लागिएको उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ थियो ।

मन्त्री पौडेलले विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको चर्चा गरे ।

पञ्चमुनी यस क्षेत्रकै नमुना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।