सन नेपाल लाइफले गर्यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धिकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रममार्फत सम्पत्ती शुद्धिकरणले अर्थतन्त्र र बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसलाई न्यूनीकरण गर्न आवश्यक उपायहरूको जानकारी गराएको छ ।
कार्यक्रममा कम्पनीका कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुति दिनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनीकरणको विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीको प्रत्यक्ष सहभागिता रहेको थियो भने दोस्रो चरणमा प्रदेशका शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।
