Shivam

उपद्रवको कसुरमा बयानका लागि आशिका तामाङलाई अदालत लगियो

0
Burger

काठमाडौं । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई अदालत लगिएको छ ।

बयानका लागि तामाङलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।