भ्यालेन्टाइन स्पेसल : बुद्ध एयरको एउटा टिकट किन्दा अर्को फ्री !


काठमाडौं । भ्यालेन्टाइन सप्ताहलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ ।
एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एक जना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।
पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकर लगायत थुप्रै हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भाउचर दिइनेछ ।
यसै गरी गोला प्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटेलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भौचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ ।
५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ । यस अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिन्छ ।
