Shivam

चलचित्र ‘लाज शरणम्’ मा बालेनले गाए गीत

0
Burger

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गीत गाएका छन् ।

उनले चलचित्रमा ‘नेपाल हाँसेको’ बोलको गीत गाएका हुन् । यस गीतमा उनकै शब्द, कम्पोज र र्‍याप रहेको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमका अनुसार यो गीत आज सोमबार सार्वजनिक गरिने छ ।

मेयर बालेन र्यापर समेत हुन् । यस गीतलाई ‘प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याउन लागेको जनाइएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रि पाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज) प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

यो बालेनको नयाँ र्‍याप भने होइन । उनले विगत १० वर्ष अगाडि नै यसलाई रेकर्ड गराएर आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

यस गीतको भिडिओ भने बनेको थिएन । यसले हालसम्म ३ लाख ८३ हजार भ्यूज पाएको छ ।बालेनले यही र्‍याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका हुन् । अहिले यो र्‍यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।