माग सम्बोधनको आश्वासनपछि ग्यास व्यवसायीले गरे आन्दोलन स्थगित


काठमाडौं । सरकारकासंगको छलफलपछि नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित गरिएको छ। ग्यास व्यवसायी र सरकारबीच छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् ।
नेपाल ग्यास उद्योग संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच उद्योग मन्त्रालयमा बुधवार छलफल भएको थियो ।
