Shivam

मन्त्री र मेयरलाई भेटेका चन्द्र भण्डारी लेख्छन्– ‘आगोले शरीर मात्रै होइन, आत्मा पनि जल्छ’

0
Burger

 

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीले पोखरामा आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालमै पुगेर भेटेका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पौडेल र आचार्यको स्वास्थ्य अवस्था बुझ्न भण्डारी शनिबार नै अस्पताल पुगेका थिए । चिकित्सकहरूसँग कुराकानी गर्दा दुवैजनाको अवस्था खतरामुक्त रहेको थाहा पाएपछि उनले केही राहत महसुस गरेको बताए ।

आफ्नै विगतको पीडादायी अनुभवलाई स्मरण गर्दै भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । उनले दुई वर्षअघि फागुन ३ गते आफ्नै घरमा भएको आगलागी सम्झँदै त्यो घटनाले आफ्नो जीवनमा गहिरो घाउ पारेको उल्लेख गरे ।

सामाजिक सञ्जाल फेसबुकमा ‘जीवन, आगो र पुनर्जन्म’ शीर्षकमा भावुक स्ट्याटस लेख्दै उनले आमाको निधन र आफ्नो पीडालाई स्मरण गरे । उनले लेखे, ‘आगोको क्रूर लप्काले मेरी आमालाई चीर निद्रामा लग्यो । त्यो क्षणले मेरो आत्मा नै भस्म भएको महसुस गरायो । तर समय एक अचम्मको उपचार रहेछ। बिस्तारै जलेका घाउहरू निको हुँदै छन्, म फेरि बाँच्न सिक्दै छु ।’

उनले उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्दा चिकित्सकहरूले उनीहरू खतरामुक्त रहेको खबर सुनाउँदा केही राहत महसुस भएको पनि उल्लेख गरे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।