अब काठमाडौं महानगरले खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो ।

यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता ः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ । क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो ।
यस्तै चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र विक्रेतालाई तालिम दिइएको थियो । बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।