Shivam

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : एक भारतीय युवक पक्राउ

0
Burger

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक भारतीय युवक पक्राउ परेका छन् ।

सोमबार उक्त घटनामा भारतीय युवक अदभिक श्रीवास्तव पक्राउ परेका भारतीय मिडिया संवादले जनाएको छ ।

मृतक लम्सालले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी दिएकी थिइन् । तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।

कलेजले भने लम्सालले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

आइतबार लम्साल कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरु विद्यार्थीलाई उल्टै कलेजबाट निकालिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।