Shivam

युवतीहरूलाई लैङ्गिक हिंसाबाट जोगाउन लुम्बिनीमा ‘सेफ गर्ल्स’ परियोजना शुरु

0
Burger

काठमाडौं । किशोरीहरूलाई हानिकारक अभ्यास तथा लैङ्गिक हिंसाबाट जोगाउने उद्देश्यले लुम्बिनी प्रदेशमा ‘सेफ गर्ल्स’ परियोजना शुरु गरिएको छ ।

विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म वृहत यौनिकता शिक्षाको पहुँच पुर्‍याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले परियोजना शुरु गरिएको हो ।

कोरिया अन्तर्राष्ट्रिय सहकारी एजेन्सी (कोइका) र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को सहयोगमा तथा प्रादेशिक मन्त्रालयहरूको सहकार्यमा उक्त परियोजना सुरु भएको हो ।

कोइकाले परियोजनाका लागि ६६ लाख अमेरिकी डलरको सहयोग प्रदान गर्ने भएको छ । जसअन्तर्गत लुम्बिनी प्रदेशमा मात्र २२ लाख अमेरिकी डलर विनियोजन गरिएको छ । ‘सेफ गर्ल्स’ परियोजनामार्फत किशोरीहरूलाई सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी सुरक्षित स्थानहरू उपलब्ध गराइने बताइएको छ ।

उक्त परियोजना नेपालका लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका २० स्थानीय तहमा परियोजना लागू गरिने बताइएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले किशोरीहरूको सशक्तीकरणमा राज्यको महत्वपूर्ण भुमिका रहेको बताए ।

परियोजनाको शुभारम्भ गर्दै उनले समाजमा सचेतना अभिवृद्धि गर्न जरुरी रहेको धारणा राखे । नेपालका लागि प्लान इन्टरनेसनलका निर्देशक राम किसनले किशोरीहरूलाई सशक्त बनाउन सुरक्षित स्थानहरू तथा लैङ्गिक हिंसाविरुद्धको सुदृढ समर्थन प्रणाली आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले यस परियोजनाले लैङ्गिक समानताको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।