फाइनलअघि नेपाल र म्यानमारको शक्ति परीक्षण


काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार आज आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने यो खेल दुवै टिमका लागि फाइनल अघि आफ्नो रणनीति परिक्षण गर्ने अवसर हुनेछ ।
