विराट कोहलीले बनाए नयाँ कीर्तिमानी


काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा महान क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरेका हुन् ।
यसअघि सचिनले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए ।
आइतबार भएको च्याम्पियन्स ट्रफीको खेलमा २४२ रनको लक्ष्य पछ्याएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
कोहलीले पाकिस्तानसँगको खेलमा १११ बलमा ७ चौकासहित शतक पूरा गर्दै अविजित पारी खेलेका हुन् ।
उनले सबैभन्दा कम इनिङ्समा १४ हजार रन पूरा गर्ने सचिनको रेकर्ड तोड्दै कीर्तिमानी बनाएका हुन् । उनले करिअरको ५१ औं एकदिवसीय शतक पूरा गरेका हुन् ।
कोहली एकदिवसीय क्रिकेटका १४ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि भारतका सचिन तेन्दुलकर र श्रीलंकाका कुमार संगाकाराले एकदिवसीय क्रिकेटमा १४ हजार रन पूरा गरेका थिए ।
एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमानी पनि कोहलीकै नाममा रहेको छ ।
