Shivam

मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक

0
Burger

काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरूले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् ।

काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत् भेटघाट तथा पुनर्मिलन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रञ्जित कर्णले हालसम्म भएका विभिन्न राजनीतिक आन्दोनलहरु नेपाली काँग्रेसकै नेतृत्वमा सफल भएको दाबी गरे ।

उनले अबको युग आर्थिक समृद्धि र विकासको भएकाले यसको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे । उनले नयाँ पार्टीहरूले जनतामा भ्रम सिर्जना गर्ने गरेको आरोप समेत लगाए ।

उनले भने, ‘हामीले लोकतान्त्रिक गणतन्त्र पनि प्राप्त गर्‍यौँ । त्यसपछि विभिन्न किसिमको सामाजिक आन्दोलन भयो, भाषिक आन्दोलन भयो, जातीय आन्दोलन भयो । सबैको भावना समेटेर नयाँ संविधान प्राप्त गर्‍यौँ । अबको युग भनेको आर्थिक समृद्धि र विकासको युग हो । नेपाली काँग्रेसले अब आर्थिक समृद्धि र विकासलाई आन्दोलनको रुपमा लिएर जानुपर्छ । हामीलाई के कुरा थाहा छ भने नेपालको कुनैपनि आन्दोलनको परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको छ । नयाँ संविधान निर्माण पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएकै हो । संविधानको कार्यान्वयन पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाकै नेतृत्वमै भएको हो । अबको युग भनेको आर्थिक समृद्धि र विकासको युग हो जसको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ । जति पनि नयाँ पार्टी अएका छन् तिनीहरूले जनतालाई भ्रम दिन सक्छन् तर नेतृत्व गर्न सक्दैनन् ।’

फागुन ९ र १० गते भक्तपुरमा सम्पन्न भेटघाट तथा पुनर्मिलन कार्यक्रमले पार्टी सुदृढीकरणका लागि नगरकोट घोषणापत्र समेत जारी गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।