Shivam

शिक्षामन्त्री भट्टराई अस्पतालमा भर्ना

0
Burger

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छन् ।

उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।

स्रोतका अनुसार उनलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या भएपछि गत शुक्रवार उनी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । चिकित्सकले उनलाई भर्ना हुनुपर्ने बताएका थिए । त्यसपछि क्याबिनमा राखेर उनको उपचार थालिएको थियो ।

‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षणको काम पनि भइरहेको छ ।’स्रोतले भने ।

अहिले उनको नाक, कान, घाँटीको समस्या सुधार हुँदै गएको एक चिकित्सकले बताएका छन् ।

आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।