Shivam

भलाइ र मानवीय सुखमा पनि नकरात्मक टिप्पणी आउन थाले : प्रधानमन्त्री ओली

0
Burger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग र त्यसबाट उत्पन्न हुने अपराधहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै प्रधानमन्त्रीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

प्रविधिको प्रयोग भलाइ र मानवीय सुखको लागि गर्नुपमा यसको गलत प्रयोग भइरहेको उनले बताए । ‘डिजिटल युगमा प्रविधिको सहायताबाट अपराध गर्ने प्रवृत्तिहरू बढिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले समाजमा सुविधा ल्याएको भए पनि, केही व्यक्तिहरू त्यसको दुरुपयोग गरेर अनुचित लाभ लिन चाहन्छन् र यसबाट अपराधको वृद्धि भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्रविधि अहिले राज्य र समाजको लागि चुनौतीको रुपमा रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जाललाई सभ्य समाज र राज्यका लागि अवरोधको रूपमा हेरिरहेका छन् । ‘सामाजिक सञ्जालले मानिसहरूलाई क्षणिक खुशी दिन सक्छ, तर यसले लामो समयको सामाजिक खुसीमा नकरात्मक प्रभाव पुर्‍याइरहेको छ,’ उनले थपे ।

उनले प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरूलाई बढाउँदै गइरहेको विषयमा चिन्ता प्रकट गरे । ‘विकास त भइरहेको छ, तर बेथिति र विकृति पनि बढिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस कारणले प्रविधिको दुरुपयोगबाट बच्नका लागि सचेत रहनु आवश्यक छ ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।