फेरि रेशम फिलिली : हाँस्ने, रुने अनि सोच्ने फिल्म


काठमाडौँ । आजभोलि नेपालमा विदेश जाने ‘ट्रेन्ड’ नै चलेको छ । रहरले होस् या बाध्यताले युवाहरू कसै गरी पनि विदेश जान चाहन्छन् । युवाहरू बिदेसिनु नेपालको लागि जल्दोबल्दो समस्या हो । यही पृष्ठभूमिमा रहेर ‘परदेशी’ (२०१५), ‘दाल भात तरकारी’ (२०७६) जस्ता चलचित्रहरू बनिसकेका छन् । लेखक तथा निर्देशक निरोज महर्जनले पनि यही पृष्ठभूमिमा रहेर चलचित्र ‘फेरि रेशम फिलिलि’ निर्माण गरेका छन् । यो ‘रेशम फिलिली’ चलचित्रको दोस्रो शृङ्खला हो । यस फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
