Shivam

रहिनन् नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठ

0
Burger

काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको उपचारका क्रममा आज शुक्रवार बिहान ५ बजे निधन भएको हो । महाराजगन्जस्थित प्रहरी अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश थिइन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।